कोभिड-१९ व्यवस्थापन केन्द्र (सीसीएमसी)ले कोभिड महामारीबाट जोगिनका लागि स्थानीय तहमा प्रभावकारी ढंगले जनचेतना फैलाउने व्यवस्था गर्न सरकारलाई सिफारिस गरेको छ। सिंहदरबारमा शनिबार बसेको कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले कोभिड-१९ को नयाँ भेरियन्ट पहिलेको तुलनामा छिटो फैलिने भएकाले स्वास्थ्य सर्तकताका मापदण्डलाई कडाईका साथ पालना गर्ने र आवश्यक जनचेतना फैलाउने व्यवस्था मिलाउन सरकारलाई सिफारिस गरेको हो। कोभिड १९…