गायक राजेश पायल राईले बिना प्रमाण आफूविरुद्ध समाचार लेखेर मानहानी गर्न खोजिएको भन्दै सञ्चारमाध्यमप्रति आक्रोश पोखेका छन् । बुधबार राजेश पायलकी पत्नी साङबुङ राईले आफ्नो बच्चालाई बाबुले शरीरमा तातोपानी खन्याइदिएको भन्दै लेखेको एउटा स्टाटस भाइरल भएको थियो । त्यसपछि राजेशप्रति केही सञ्चारमाध्यमले समाचार बनाउनुका साथै सामाजिक सञ्जालमा गालीको ओइरो लागेको थियो । जसमा उनले प्रमाण…