नेपाली चलचित्र बहावको ट्रेलर सार्वजनिक भएको छ । सोमवार काठमाडौंमा एक कार्यक्रमबीच ट्रेलर सार्वजनिक गरिएको हो । २ मिनेट १४ सेकेण्डको ट्रेलरमा पारिवारिक कथावस्तुलाई समेटिएको छ । ट्रेलर सार्वजनिक पछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै अभिनेत्री सुरक्षा पन्तले चलचित्रले सबै किसिमले मनोरञ्जन दिलाउने बताइन् । उनले चलचित्रमा पारिवारिक कथावस्तुका साथै राजनीतिक विषयवस्तुलाई पनि समावेश गरिएको बताइन् ।…