भेरीगङ्गा। कैलालीको गोदावरी नगरपालिका–७ जमुनानगरकी देवी पाठक न्यून दृष्टिविहीन हुन्। उनको जन्म विसं २०६१ मङ्सिर २९ गते डोटीको आदर्श गाउँपालिकामा भएको हो। जन्म डोटीमा भए पनि परिवारको आर्थिक अवस्था कमजोर भएपछि बसाइँसराइ गरेर कैलाली आएपछि उनको बाल्यकाल जमुनानगरमै बित्यो। जन्मदेखि नै दृष्टिसम्बन्धी अपाङ्गता भएकी देवीको बाल्यकाल सहज थिएन। घरको कमजोर आर्थिक अवस्था र समाजको अपहेलनाका…