झापा कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ। झापामा गत वर्ष १२१ जना कुष्ठरोगी पहिचान भएर उपचाररत रहेकोमा यस आर्थिक वर्षको छ महिनामा नै यही सङ्ख्यामा थप नयाँ कुष्ठरोगीहरूको पहिचान भएको हो। ७०औँ कुष्ठरोग दिवसको अवसरमा दमकस्थित आम्दा अस्पतालमा भएको प्रदेशस्तरीय समन्वय बैठक एवं अभिमुखीकरण कार्यक्रममा जानकारी दिइएअनुसार पूर्वी नेपालमा कुष्ठरोगको उच्च जोखिम छ। कुष्ठरोगसम्बन्धी प्रदेश…