काठमाडौं । चिसो महिना मुटुका बिरामीहरुका लागि अनुकूल समय मानिँदैन ।तापक्रममा आउने गिरावटले मुटुको स्वास्थ्यमा अतिरिक्त चुनौती थप्ने गर्दछ। चिकित्सकहरूका अनुसार चिसो मौसममा शरीरको तापक्रम सन्तुलनमा राख्न रक्तनलीहरू खुम्चिने हुँदा मुटुलाई रगत पम्प गर्न बढी बल लगाउनुपर्छ, जसले गर्दा रक्तचाप बढ्ने र हृदयाघातको जोखिम उच्च रहन्छ । तसर्थ, मुटुका बिरामीहरूले यस समयमा आफ्नो खानपान, शारीरिक…