काठमाडौं ।नेपालमा कोरोना संक्रमणको महामारी भर्खरै शुरुवाती चरणमा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रमुख डा. जोस भेन्डिलियरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँगको साक्षात्कारमा उक्त कुरा बताएका हुन् ।उनले नेपालमा अझै संक्रमितको संख्या वृद्धि भई जटिल परिस्थिति आउने बताए । भेन्डिलियरले नेपालमा शुरुका दिनमा विदेशबाट आएका व्यक्तिबाट…