सर्लाही ।प्रदेश नं २ को सर्लाही जिल्लाको धनकौल गाउँपालिका–५ बस्ने एक किशोरमा कोरोना सङ्क्रमित पुष्टि भएपछि उनको परिवारका सदस्यको स्वाब सङ्कलनका लागि स्वास्थ्यकर्मीको टोली परिचालन गरिएको छ ।यस सम्बन्धमा प्रदेश नं २ को सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले शुक्रबार पत्रकार सम्मेलनमार्फत सो जानकारी गराएका छन् । उक्त किशोरको वैशाख ५ गते आरडिटी परीक्षण…