काठमाडौं ।कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको बुधबार सिंहदरबारमा बसेको १९ औँ बैठकले कोरोना भाइरस सङ्क्रमणको अवस्था जोखिमयुक्त भएको र त्यसको दर पनि बढ्दै गएको हुनाले परीक्षणलाई तीव्रता दिने निर्णय गरेको हो ।“कोरोना भाइरसको सङ्क्रमण फैलिदै गएको छ,…