काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले वैदेशिक अध्ययनका लागि मार्गप्रशस्त गर्ने शैक्षिक परामर्शदाता व्यवसायीहरूलाई नियमन गर्न नयाँ नियमावली जारी गरेसँगै सरोकारवाला व्यवसायीहरू आन्दोलित भएका छन्। मन्त्रालयले परामर्श सेवालाई व्यवस्थित, पारदर्शी र मर्यादित बनाउने उद्देश्यका साथ नयाँ कार्यविधि र सर्तसहितको नियमावली ल्याएको दाबी गरेकाे छ। तर, सरकारले आफूहरूसँग पर्याप्त छलफल र परामर्श नै नगरी एकतर्फी रूपमा…