कालीमाटी फलफूल तथा तरकारी बजारभित्र अब किसानले पनि आफ्नो उत्पादन आफैं विक्री वितरण गर्न पाउने भएका छन्। किसानले आफ्नो उत्पादन सिधै बजारमा ल्याएर विक्री गर्न नपाउँदा कालीमाटी तरकारी बजारमा बिचौलियाको बिगबिगी रहेको थियो। बिचौलियाकै कारण किसानले मूल्य पाउन सकेका थिएनन्। बिचौलियाको आफ्नो इच्छा अनुसार किसानले आफ्नो उत्पादन विक्री वितरण गर्नुपर्ने बाध्यता थियो। बिचौलियाले तोकेको मूल्य…