राष्ट्रिय जनगणना २०७८ को काम दोस्रो चरणमा प्रवेश गरेको छ। गत भदौ ३० गतेदेखि असोज १८ गतेसम्म भएको घर तथा घरपरिवार सूचीकरण कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको हो। केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले घर तथा घरपरिवारको विवरण सङ्कलन गर्ने कार्य सम्पन्न भएसँगै राष्ट्रिय जनगणना दोस्रो चरणमा प्रवेश गरेको जानकारी दिए।…