नेपाल वनस्पति घिउ तेल उत्पादक सङ्घले प्रशोधित खाने तेलको अनावश्यक मौज्दात र कृत्रिम अभाव नगर्न आग्रह गरेको छ। युक्रेनमाथि रुसले गरेको सैनिक हमलाले नेपालको बजारमा समेत मूल्यवृद्धिको प्रत्यक्ष असर देखिएकाे चर्चा गर्दै सङ्घले आफ्ना सदस्य उद्योगलाई कृत्रिम अभाव नगरी खाने तेलको आपूर्तिलाई सुचारु राख्न आग्रह गरेको हो। सङ्घले उपभोक्तालाई समेत अनावश्यकरूपमा भण्डारण नगर्न आग्रह गरेको…