पछिल्लो १ वर्षमा नै जीवन बीमाको पहुँच १० प्रतिशतले बढेको देखिएको छ। बीमा समितिबाट प्राप्त चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्मको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार पुस मसान्तसम्म ३५ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको छ। गत आवको पुस मसान्तसम्म २४ दशमलव ८६ प्रतिशत नेपालीमा बीमाको पहुँच पुगेको थियो। सावधिक बीमा, म्यादी बीमा र वैदेशिक…