वीरगन्ज । आन्दोलनका क्रममा वीरगन्ज महानगरपालिकामा तोडफोड, आगजनी तथा लुटपाटबाट भएको क्षतिको विवरणबारे विवाद देखिएको छ । भदौं २४ गते महानगरपालिकामा भएको क्षतिको विषयमा कार्यालय र प्रहरीको दाबी फरक–फरक छ । महानगरपालिकाले १ सय १५ करोडभन्दा बढीको धनमाल नष्ट भएको दाबी गरेको छ भने जिल्ला प्रहरी कार्यालय पर्साले भने मात्र १३ करोड बराबरको क्षति भएको…