काठमाडौं । एक समय बालबालिकाको अनुशासन र सेवाको प्रतीक बनेको नेपाल स्काउटको प्रधान कार्यालयमा अहिले तालाबन्दी लगाइएको छ । नेपाल स्काउट शुद्धिकरण अभियानका अभियन्ताहरूले नेपाल स्काउटको प्रधान कार्यालयमा ताला लगाएर सांकेतिक विरोध मात्र गरेनन्, यो अभियानलाई संस्थाको जरा–जरीबाट सडाउने भ्रष्टाचारविरुद्धको युद्धको रूपमा स्थापित गरेका छन् । अभियन्ताहरूले तालाबन्दीमार्फत वर्षौंदेखि थुप्रिएका अनियमितता, वित्तीय दुरुपयोग र नेतृत्वको…