काठमाडौँ । मधेश विश्वविद्यालयको चौथो विश्वविद्यालय सभा बैठक सम्पन्न भएको छ। बैठक मुख्यमन्त्री तथा विश्वविद्यालयका कुलपति सतिशकुमार सिंहको अध्यक्षतामा बसेको थियो। बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री सिंहले गुणस्तरीय शिक्षाका लागि सबै सरोकारवालाको सामूहिक प्रयास आवश्यक रहेको बताए। उनले शिक्षाका लागि विदेशिने ठूलो रकमलाई देशमै गुणस्तरीय शिक्षा उपलब्ध गराएर रोक्नुपर्नेमा जोड दिए।साथै उनले विना सीप वैदेशिक रोजगारीमा…