सिराहा । सिराहा नगरपालिकामा कार्यरत कर्मचारीमाथि कुटपिट भएको गम्भीर आरोप सार्वजनिक भएपछि स्थानीय तहमा हलचल मच्चिएको छ । नगरपालिकाका कार्यालय सहयोगी (का.सा.) रामशरण यादवले मेयर डा.नवीन यादवले आफूमाथि कुटपिट गरेको आरोप लगाउँदै सञ्चारमाध्यममार्फत घटना सार्वजनिक गरेका हुन् । पीडित रामशरण यादवका अनुसार, उनी नियमित रूपमा बिहान करिब ९ बजे कार्यालयमा हाजिर लगाउन पुगेका थिए ।…