लहान। सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालयखुलाउन मधेश प्रदेशसभाका सांसदसहित स्थानीयवासी तथा व्यापारीहरूले हुलाकी मार्ग अवरुद्ध गरेका छन् । स्थानीय सर्वसाधारण तथा व्यापारीहरूले बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोकमा सडकको बीचभागमा बेन्च राखेर हुलाकी मार्ग अवरुद्ध गरेका हुन् । आन्दोलनमा बजार व्यवस्थापन समिति, मधेश प्रदेशसभा सदस्य संजय कुमार यादव, सुखीपुर उद्योग व्यापार समितिसहित स्थानीयले हुलाकी मार्ग अवरुद्ध…