काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । दर्ज्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक पौडेलले नेपालको सीमा सुरक्षा, सुशासन कायम गर्ने, जनताको जीउधनको सुरक्षा र स्वतन्त्रताको संरक्षण तथा विपद् व्यवस्थापनमा आफ्नो जिम्मेवारी इमान्दारिता, निष्ठा, निष्पक्षता र दृढ संकल्पका साथ निर्वाह…