काँक्रेविहार (सुर्खेत) । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले गणतन्त्र हरेक नागरिक समान हुने प्रणाली भएको बताएका छन्। सत्रौँ गणतन्त्र दिवसका अवसरमा शुभकामना दिनुहुँदै उनले नागरिकको सहभागिताद्वारा आमूल परिवर्तन गरी हरेक नागरिक समान हुने प्रणालीको स्थापना हुनु हाम्रो गणतन्त्रको प्रमुख विशेषता रहेको उल्लेख गरे। जनता सार्वभौम बनेको यो दिन नेपालको राजनीतिक इतिहासको महत्त्वपूर्ण र अविस्मरणीय दिन…