काठमाडौं । मुलुकको हिमाल आरोहणप्रति ध्यानाकर्षण गराउन तेन्जिङ नोर्गे शेर्पा खुला आरोहण प्रतियोगिता आयोजना हुने भएको छ। नेपाल नेशनल माउन्टेन गाइड एसोसिएसन र यूएस नेपाल क्लाइम्बर्स एसोसिएसन मिलेर प्रतियोगिता आयोजना गर्ने भएका हुन्। राजधानीमा बिहीबार पत्रकार सम्मेलनको आयोजना गरी कार्यक्रमका संयोजक छिरिङ जाङबु शेर्पाले पहिलो पटक माघ १५ गते बौद्धस्थित क्रिम्पान्जी एडभेन्चर हबमा तेन्जिङ नोर्गे…