काठमाडाैं । नेपाल इन्स्टिच्युट फर इन्टरनेशनल कोअपरेसन एण्ड इन्गेजमेन्ट (एन.आई.आई.सी.ई)ले ललितपुरको हात्तीवनस्थित आफ्नो सेमिनार हलमा "रूसी सेनामा नेपाली: भाडाका सैनिक वा मानव बेचबिखनका पीडित?" विषयमा एक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ । कार्यक्रममा रूस-युक्रेन युद्धका क्रममा रूसी सेनामा नेपाली नागरिकहरूको भर्तीप्रति बढ्दो चिन्ता तथा यससँग सम्बन्धित कानुनी, मानवीय र भू-राजनीतिक प्रभावबारे छलफल गरिएको थियो ।…