नेपाल विद्युत् प्राधिकरणले आज काठमाडौँका विभिन्न स्थानमा विद्युत् आपूर्ति बन्द हुने बताएको छ। टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले विद्युत् आपूर्ति रोकिने प्राधिकरणले जनाएको छ। प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने जानकारी दिएको छ। आज कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, विजेश्वरी, चमती, भगवान् पाउ, डल्लु आवास, जनसेवा…