नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा भीमेश्वर नगरपालिकासँगको समन्वयमा नोभेम्बर २७ देखि २९ सम्म दोलखामा अन्तर्राष्ट्रिय माउन्टेन बाइकिङ प्रतियोगिता ‘हिमालयन एनिग्मा-द ट्रेल अफ द गड्स’ को आयोजना हुने भएको छ। काठमाडौँबाट करिब १३५ किलोमिटर दुरीको मध्य नेपालको दोलखामा हुने उक्त दौड कार्यक्रममा अभ्यास दिवस, सीडिङ रन र रेस डे समावेश गरिने नेपाल पर्यटन बोर्डमा आयोजित पत्रकार…