काठमाडौँ महानगरपालिकाले २७ मङ्सिरमा महानगरपालिका स्तरीय बाँसुरी वादन प्रतियोगिता आयोजना गर्ने भएको छ। २९औँ महानगर दिवसको अवसरमा महानगर स्वर्णिम योजना ‘सांस्कृतिक महानगर’ कार्यक्रमअन्तर्गत परम्परागत वाद्य सामग्री तथा शैलीको संरक्षण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको महानगरले जनाएको छ। सम्पदा तथा पर्यटन विभागका अनुसार प्रतियोगितामा सहभागी हुन विभागले दर्ता फाराम उपलब्ध गराएको छ। इच्छुक हुने समूहले…