पोखरामा जारी ‘सातौँ गोदावरी पुष्प प्रदर्शनी तथा चौथो गण्डकी प्रादेशिक पुष्प मेला-२०८०’ मा अवलोकनकर्ता र ग्राहकको आकर्षण बढेको छ।फ्लोरीकल्चर एसोसिएसन नेपाल, जिल्ला समिति कास्कीद्वारा आयोजित प्रदर्शनीको आइतबारसम्ममा १५ हजार बढीले अवलोकन गरेको जनाइएको छ। शुक्रबारदेखि सुरु भएको प्रदर्शनी अवलोकनसँगै अहिलेको याममा फूल्ने सयपत्री, गोदवारीलगायत फूल र बिरुवाको किनबेच पनि भइरहेको एसोसिएसनका अध्यक्ष डिलबहादुर गुरुङले बताए।…