रामेछापमा रहेका दुईवटा इलाका प्रहरी कार्यालयको नवनिर्मित भवनको उद्घाटन भएको छ। जिल्लाको खाँडादेवी गाउँपालिका र सुनापति गाउँपालिकामा इलाका प्रहरी कार्यालयका नयाँ भवन बनाइएको हो। खाँडादेवीमा इलाका प्रहरी कार्यालय चोप्राङ र सुनापाति गाउँपालिकामा इलाका प्रहरी कार्यालय बेथानको नयाँ भवनको हिजो बागमती प्रदेश सरकारकाआन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले उद्घाटन गरेका हुन्। दुबै भवन बागमती प्रदेश सरकारको…