मधेस प्रदेशसभामा आउँदो पर्यटनसम्बन्धी विधेयकमा सिरहाको राजदेवी पञ्चावती मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गरिने भएको छ। मधेस प्रदेशसभा सचिवालयद्वारा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोग तथा नेपाल मधेस फाउन्डेसनको सहकार्यमा सिराहाको लहान नगरपालिका-१५ ढोढनास्थित मन्दिरको धर्मशालामा आयोजित कार्यक्रममा स्थानीय जनताको गुनासो सम्बोधन गर्दै प्रदेश सांसदले उक्त मन्दिरलाई धार्मिक पर्यटकीय सूचीमा समावेश गर्ने प्रतिबद्वता…