दुई महिनाअघिको बाढीको पीडा भुलेर मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-४ कागबेनीका बासिन्दा पुनः निर्माणमा जुटेका छन्। गत साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूलो क्षति पुर्याएको थियो। गाउँपालिका, समुदाय, सुरक्षा निकाय र दाताको श्रम तथा आर्थिक सहयोग जुटाएर बाढी व्यवस्थापन गरी कागबेनीलाई पुरानै लयमा फर्काउन जुटेको कागबेनी बस्ती पुनः स्थापना तथा संरक्षण समितिका…