सोलुखुम्बुको सुर्केबाट काठमाडौँ आउँदै गरेको मनाङ एयरको हेलिकाेप्टर दुर्घटना भएको छ। सो विमानमा पाइलटसहित ६ जना सवार रहेको प्रहरीले जनाएको छ। मनाङ एयरको लोडसिटअनुसार विमानमा क्यापटेन सीबी गुरुङसहित अन्य ५ जना मेक्सिकोका यात्रुहरू रहेकाे जनाइएकाे छ। यसमध्ये दुईजना पुरुष र तीन जना महिला रहेका छन्। यात्रुहरूमा फर्नान्डो सिफुग्नेट्स,रिनकन इसमाइल, एबरिका गोन्जालेक्स, ओलासियो गोन्जालेज र मारिया…