नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को देवचुली नगरपालिकामा सर्पदंशको उपचार सुरुआत भएको छ । दुम्कौलीमा रहेको देवचुली नगर अस्पतालमा सोमबारदेखि सर्पदंशको उपचार थालिएको हो । देवचुली नगर अस्पतालमा चौबीसै घण्टा आकस्मिक सेवासहित सर्पदंशको उपचार सेवा सुरु गरिएको अस्पतालका प्रमुख जनस्वास्थ्य अधिकृत चित्रबहादुर सुनारले जानकारी दिए । नगर अस्पतालमा उपचार सुरु भएपछि देवचुली नगरवासीलाई सर्पदंश हुने बित्तिकै उपचारका लागि गैँडाकोट…