अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपतिनाथ मन्दिरको जलहरीमा रहेको सुनको नापजाँच सुरू गरेकाे छ । जलहरी राख्दा अनियमितता भएको सूचना बाहिर आएपछि आयोगको टोलीले जलहरीमा प्रयोग भएको सुनको तौल नापजाँच सुरू गरेकाे हो । मन्दिर परिसरलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीको घेरामा राखेकाे छ । आयोगको टोलीमा खानी तथा भू–गर्भ विभाग, गुणस्तर तथा नापतौल विभाग…