भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठले काठमाडौं उपत्यकाभित्रको स्वबासी समस्या समाधान गर्ने आश्वासन दिएकी छन् । उपत्यकाबासी ब्यवस्थापन तथा सहयोग संघर्ष समितिले स्वबासी र बेनिस्साका घरखेत दर्ता खुल्ला गर्नुपर्ने माग राख्दै मन्त्रीको ध्यानाकर्षण गराउने क्रममा उनले आफ्नै कार्यकालमा भूमि सम्बन्धिको समस्या समाधान गर्ने दृढता व्यक्त गरिन् । उनले भनिन्, ‘म अहिले मन्त्रिपरिषद्को…