बागलुङको ढोरपाटन नगरपालिका ८ र ९ मा २०७७ भदौ १७ गते भीषण बाढी आयो। बाढीले सयौँ परिवार घरबारविहीन बनायो। बाढीमा परेका १५ जना अझै बेपत्ता छन्। तीन वर्ष अघिको बाढीले स्थानीयलाई भने अझै झस्काइरहन्छ। पानी पर्यो भने स्थानीय राति उठेर खोलामा बहाव के कति छ भनेर हेर्न पुग्छन्। उनीहरु त्रासमा बाँचिरहेका छन्। सम्पत्ति र आफन्त…