काठमाडाैं । आज दिउँसो ठीक १ बजे, नेपाल प्रहरीको प्रधान कार्यालय परिसर असामान्य रूपमा सक्रिय देखिन्थ्यो। केहीबेरमै, गृहमन्त्री सुधन गुरुङको सवारी भित्रियो। सुरक्षाकर्मीहरू तयारी अवस्थामा थिए। गाडी रोकिनासाथ गृहमन्त्री गुरुङ ओर्लिए र औपचारिकता सुरु भयो- प्रहरीको एक टुकडीले अनुशासित ढंगले सलामी अर्पण गर्यो। प्रधान कार्यालयमा उपस्थित अधिकारीहरू सतर्क मुद्रामा उभिएका थिए, वातावरणमा औपचारिकता र अपेक्षाको…