भोजपुर। टेम्केमैयुङ गाउँपालिकाले मुन्दुम पदमार्गको समग्र विकासमा जोड दिंदै यसलाई प्रकृति र संस्कृतिको विशिष्ट पर्यटकीय गन्तव्यको रूपमा अघि बढाएको छ। गाउँपालिका अध्यक्ष सरोज बस्नेतका अनुसार पदमार्ग विकास गर्दा वन क्षेत्रको जैविक विविधता र किराँत समुदायको मौलिक परम्परा संरक्षणमा विशेष ध्यान दिइएको छ। “प्रकृतिको संरक्षण नगरी पर्यटन सम्भव छैन, त्यसैले संस्कृति र पर्यावरणलाई सँगै प्रवद्र्धन गरेका…