भोजपुर। भोजपुर जिल्लामा पछिल्लो समय बढ्दो बाँदर आतङ्कका कारण खेतीयोग्य जमिन बर्सेनि बाझिँदै गएको छ। अन्नबाली जोगाउन नसक्ने अवस्था भएपछि किसान खेतीपाती छाड्न बाध्य भएका छन् भने कतिपय परिवार वैकल्पिक रोजगारी र सुरक्षित बसोबासको खोजीमा बसाइँसराइ गर्न थालेका छन्। बाँदरको उपद्रोका कारण ग्रामीण बस्ती क्रमशः सुनसान बन्दै गएका छन्। स्थानीय कृषकका अनुसार बाँदर समूहमा आउने…