सुडी समाजद्वारा पशुपतिनाथ परिसरमा स्वास्थ्य शिविर सञ्चालन

काठमाडौँ। सुडी समाज काठमाडौँले महाशिवरात्रिका अवसरमा यहाँस्थित पशुपतिनाथ मन्दिर परिसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । शिविरमा १० हजारभन्दा बढीको निःशुल्क स्वास्थ्य परीक्षणका साथै भोजनको व्यवस्था गरिएको समाजका महाशिवरात्रि उपसमितिका संयोजक शङ्कर साह सुडीले जानकारी दिए। समाजद्वारा आयोजित स्वास्थ्य शिविरमा पाँच सयभन्दा बढीको उपचारका साथै निःशुल्क औषधि वितरण गरिएको थियो । समाजका अध्यक्ष शीतलप्रसाद…

Logo