काठमाडौं । भ्रष्टाचार अनुसन्धानको जिम्मेवारी पाएको संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई कार्यकारी निकायको निर्देशनमा काम गर्न बाध्य नहुने स्वतन्त्र र स्वायत्त संस्था हो । तर असार २०८३ को पहिलो साताको एक घटनाले यो संवैधानिक व्यवस्थामाथि गम्भीर प्रश्न खडा गरेको छ । राहदानी विभागले गत वर्ष जुनमा जर्मन कम्पनी भेरिडोस र म्युहलबाउरलाई ७ अर्ब ७५…