हेटौँंडा अस्पतालमा ड्युटीबाहिर चिकित्सक–कर्मचारी, मुख्यमन्त्री बानियाँले दिए ‘अल्टिमेटम’

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले डिउटी समयमा चिकित्सक तथा कर्मचारी अनुपस्थित भेटिएपछि हेटौंडा अस्पताल व्यवस्थापन समितिको गम्भीर ध्यानाकर्षण गराएका छन्। जिम्मेवार निकायले तत्काल सुधारका कदम नचाले कडा कारबाही गरिने चेतावनी उनले दिएका छन्। मुख्यमन्त्री बानियाँले बुधबार साँझ मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालित हेटौंडा अस्पतालको आकस्मिक अनुगमन गरेका थिए। अनुगमनका क्रममा डिउटी समयमा…

Logo