काठमाडौं। विश्वप्रसिद्ध विद्युतीय सवारी निर्माता बीवाईडी इङ्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी फुटबल क्लबको अफिसियल अटोमोटिभ पार्टनर बनेको छ। नवप्रवर्तन र दिगोपनलाई प्राथमिकता दिने दुई संस्थाबीचको यो सहकार्यलाई रणनीतिक कदमका रूपमा हेरिएको छ। सम्झौताअनुसार बीवाईडी र यसको प्रिमियम ब्रान्ड डेन्जाका विद्युतीय सवारीसाधनहरू अब क्लबको दैनिक प्रशासनिक तथा सञ्चालन कार्यमा प्रयोग गरिनेछन्। साथै, सिटी फुटबल एकेडेमीमा…