बागमती। बागमती प्रदेशसभा गठन भएको आठ वर्षको अवधिमा ९० विधेयक पारित भएका छन्। हालसम्म पारित ९० विधेयकमध्ये ८९ वटा प्रदेश प्रमुखबाट प्रमाणीकरण भई कार्यान्वयनमा आएका छन्। प्रदेशस्तरको चिट्ठा व्यवस्थापन तथा नियन्त्रणसम्बन्धी विधेयक भने प्रदेश प्रमुखबाट फिर्ता भई पुनः प्रदेशसभाअन्तर्गतको विषयगत समितिमा विचाराधीन रहेको बागमती प्रदेशसभा सचिवालयले जनाएको छ। सचिवालयका अनुसार हालसम्म प्रदेशसभामा ९३ विधेयक दर्ता…