चितवनमा बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

चितवन । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–४ केबलकार गेटअगाडि मंगलबार बिहान बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । ठक्करबाट घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको हो । गोरखाको सहिद लखन गाउँपालिका–२ का अन्दाजी ३४ वर्षीय जीवन परियारको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख एवं प्रहरी निरीक्षक…

Logo