भोजपुर। रामप्रसाद राई गाउँपालिकाले ज्येष्ठ नागरिकलाई घरदैलोमै सामाजिक सुरक्षा भत्ता वितरणसँगै न्यानो कपडा उपलब्ध गराउने उद्देश्यसहित घुम्ती शिविर सञ्चालन गरेको छ । गाउँपालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न ज्येष्ठ नागरिक तथा अशक्त व्यक्तिलाई कठिनाइ भएपछि वडास्तरमै सेवा प्रवाह थालिएको हो । घुम्ती शिविरमार्फत ज्येष्ठ नागरिकलाई सामाजिक सुरक्षा भत्ता वितरण गर्नाका साथै ७० वर्षमाथिका नागरिकलाई न्यानो कपडा वितरण…