काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सोमबार काठमाडौँमा बृहत्तर एकता घोषणा सभा आयोजना गर्दैछ । काठमाडौँका मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीसँग भएको सहमतिलाई औपचारिक रूप दिने यस सभालाई समकालीन राजनीतिमा नयाँ ध्रुवीकरणको संकेतका रूपमा हेरिएको छ । रास्वपाले आइतबार जारी गरेको विज्ञप्तिअनुसार सोमबार दिउँसो १ बजे राष्ट्रियसभा गृहमा एकता औपचारिक रूपमा घोषणा गरिनेछ।…