काठमाडौं। नेकपा एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका पूर्व सदस्य तथा पदाधिकारीलाई समेट्दै केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ । शुक्रबार काठमाडौंमा जारी नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकमा महासचिव शंकर पोखरेलले सल्लाहकार परिषद् गठनबारे जानकारी गराएका हुन्। परिषद्मा पार्टीको अनुभव, मार्गदर्शन र रणनीतिक सुझावलाई संस्थागत गर्ने उद्देश्य रहेको बताइएको छ ।बैठकमा विभिन्न प्रस्तावहरू अहिले…