काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीलाई कमजोर पार्ने वा समाप्त पार्ने गतिविधिमा संलग्नहरूसँग अब कुनै सम्झौता नहुने कडा चेतावनी दिएका छन्। धुम्बाराहीस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै उनले पार्टीभित्रै रहेर संगठनलाई कमजोर बनाउने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पारे। आफ्नो जिल्लामा संगठन नबनाउने, चुनावमा असहयोग गर्ने र पार्टीलाई राष्ट्रिय शक्ति बन्न…