काठमाडौं । ट्राफिक प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नवराज अधिकारी आन्दोलनले क्षतिग्रस्त भएका सडक पूर्वाधारहरू अझै पूर्णरुपमा निर्माण नहुँदा पनि ट्राफिक प्रहरी उच्च मनोबलसाथ अहोरात्र सडक व्यवस्थापनमा खटिरहेको बताएका छन् । दुर्घटना न्यूनीकरण विशेष अभियान तथा ट्राफिक सप्ताह २०८२ को समुद्घाटन कार्यक्रममा बोल्दै उनले आन्दोलनको क्रममा क्षतिग्रस्त भएका सडक पूर्वाधारहरु निर्माण हुन नसेको बताएका…