म्याग्दी। धवलागिरि गाउँपालिका–७ झिनडाँडामा माटो मिसिएको गिट्टी प्रयोग गरेर गरिएको पिसिसी ढलान जनप्रतिनिधिहरूले भत्काएर पुनर्निर्माण गर्न लगाएका छन्। दरवाङ–मुना–ढोरपाटन सडक योजनाअन्तर्गत ह्युम पाइप अडाउन पर्खाल निर्माणका क्रममा गुणस्तरहीन सामग्री प्रयोग भएको स्थानीयको गुनासोपछि अनुगमन गरिएको हो। प्रदेशसभा सदस्य रेशमबहादुर जुग्जाली, धवलागिरि गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन र उपाध्यक्ष रेशम पुनमगरको टोलीले स्थलमै पुगेर ढलान भत्काउन निर्देशन…